Advertisement
Advertisement
Advertisement

दावाका अत्याधुनिक सिसिटिभी प्रविधिबारे प्राविधिकलाई तालिम

Advertisement

सुरक्षा निगरानीका लागि प्रयोग हुँदै आएका दावा कम्पनीका अत्याधुनिक सिसिटिभी क्यामेराका प्रविधि तथा विशेषताबारे प्राविधिकहरूलाई तालिम प्रदान गरिएको छ ।

शनिबार ड्रिम बैङ्क्वेट तुलसीपुरमा एचएमसी नेपाल प्रालिको आयोजना तथा यति कम्प्युटर्स तुलसीपुरकोे सहकार्यमा दावा कम्पनीका पछिल्ला प्रविधि तथा उत्पादनबारे अध्ययन गरी स्थानीय प्राविधिकहरूलाई सिसिटिभी क्यामेरा जडान, सञ्चालन, व्यवस्थापन तथा समस्या समाधानसम्बन्धी तालिम दिइएको हो ।

तालिममा कम्पनीका प्राविधिक प्रमुख राजकुमार घलेले क्यामेरामा उपलब्ध कृत्रिम बौद्धिकता (एआई) मा आधारित मानव तथा सवारीसाधन पहिचान प्रविधि, चलायमान वस्तु पहिचान, अनावश्यक चेतावनी नियन्त्रण, सुरक्षा तथा सीमा उल्लङ्घन पहिचानलगायतका सुविधाबारे जानकारी दिनुभएको थियो।

दावाका पछिल्ला प्रविधियुक्त सिसिटिभी क्यामेराले मानिस र सवारीसाधनलाई छुट्टाछुट्टै पहिचान गर्न सक्ने भएकाले अनावश्यक वस्तु, जनावर वा अन्य गतिविधिका कारण आउने गलत चेतावनीलाई कम गर्न सहयोग पुग्ने बताइएको छ।

त्यस्तै, क्यामेरामा उच्च गुणस्तरको दृश्य, रातको समयमा समेत स्पष्ट निगरानी, अँध्यारोमा दृश्य खिच्ने प्रविधि, उज्यालो र अँध्यारोबीचको भिन्नता मिलाउने प्रविधि, भिडियोको आकार घटाएर भण्डारण गर्ने प्रविधिलगायतका सुविधा रहेका छन्।

कम्पनीका उत्पादन तथा प्रविधिबारे अध्ययन गरी प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दाङ जिल्लामा रहेका ५५ जना प्राविधिकलाई तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

तलिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर–६ का वडा अध्यक्ष दुजमान भण्डारीले प्रविधिको विकाससँगै सुरक्षा निगरानी प्रणाली पनि आधुनिक बन्दै गएको भन्दै दक्ष प्राविधिक उत्पादनमा यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले पछिल्लो समय सिसिटिभीको प्रयोग बढ्दै गएको भन्दै नयाँ प्रविधिबारे प्राविधिकलाई नियमित रूपमा जानकारी र तालिम दिन आवश्यक रहेको बताउनुभयो।

हिमाल एकेडेमीका प्रधानाध्यापक मधुसुदन केसीले प्रविधिको सही प्रयोगले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै प्राविधिकको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।

सुरक्षा निगरानीको क्षेत्रमा नयाँ प्रविधिको प्रयोग बढ्दै गइरहेको अवस्थामा यस्ता तालिमले प्राविधिकको दक्षता बढाउनुका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रमको सहजीकरण नारायण भण्डारीले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *