Advertisement
Advertisement
Advertisement

दिपेन्द्र चम्किदा नेपालले युएईलाई हरायो मंगलबार आएरल्याण्ड संग खेल्ने

­

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेकोछ । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए ।

एक समय ६३-६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट हुन पुगेका थिए ।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाएका थिए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।

एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि।सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटमा त्यो नेपालको अन्तिम खेल हुनेछ ।

  • उक्त खेलमा विजयी भएमा नेपाल सातौं र पराजित भएमा आठौंमा रहेर विश्वकप छनोट अन्तय गर्नेछ । नवौं स्थानको लागि अमेरिका र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा ४ मा खेलमा ३ मा हार र १ मा जितका साथ बाहिरिएको थियो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *