Advertisement
Advertisement
Advertisement

एसीसी इस्ट जोन कपमा सिङ्गापुरलाई नेपालले दियाे १ सय ८५ रनको लक्ष्य

यू–१६ एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले सिँगापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ। नेपाल, थाइल्यान्ड र मलेसियासँगै समूह ‘ए’ मा रहेको छ। समूह ‘बी’मा भने हङकङ, माल्दिभ्स, इन्डोनेसिया र सिङ्गापुर रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *