Advertisement
Advertisement
Advertisement

अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन : प्रचण्ड

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफू पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताए।

उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु। त्यही अनुसार काम गर्दै छु।’

उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनतालाई केही भन्नु छ भनेको भएकाले अहिले सोही अनुसार अघि बढेको सुनाए।

उनले यसअघि दुवैपटक नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गरे।

कसैले भनेर आफूले राजीनामा नदिने उल्लेख गर्दै आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने प्रष्ट्याए।

 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *