Advertisement
Advertisement
Advertisement

राम्री केटि खोज्दै गर्दा साथिहरुले प्ले ब्वाइ भयो भन्छन

आज मेरो प्यारो साथिको बारेमा कुरा गर्दै छु। ए ए मेरो साथि होइन क्यारे सयौं युबतिहरुको प्रिय पात्र उर्फ ब्वाएफ्रेन्डको बारेमा कुरा गर्दै छु। अचम्म लाग्यो होला प्यारो पनि भन्दा अनि मेरो साथि होइन पनि भन्दा तर वास्तविकता यहि हो। कुनै समयको मेरो प्यारो मित्र अहिले म सँग भेट्न समय छैन तेसलाई। त्यो पनि कुनै काममा बेस्त भएर होइन उसका प्रियहरु सँग बोल्दा बोल्दा फुर्सद नमिलेर !
केटो हेर्दा सोझै देखिन्छ हुन पनि सोझो नै छ । तेइ बर्षमा दुइदिन मात्र त होनि नरक्सि खाने। पहिले मैले चिन्दा एउटि नानिको पछि लाग्या थियो । सायद उसले भाउ दिएनछे क्यारे ! सामाजिक सञ्जालमा नानिहरुको खोजमा भौतारिन लाग्यो । पहिले केटिको पछि लाग्नु हुन्न भनेर मलाई सिकाउने मेरो मित्र अहिले राम्रा अनुहार गरेका केटि देख्न हुन्न पिछा गर्न थालिहाल्छ । १९ औँ बसन्तमा पुग्दा सम्म करिब ९० जना जति केटिको प्रिय पात्र बनिसक्यो उ । मलाई अचम्म लाग्छ । उसको त्यो प्रियपन भने सार्है छोटो देखेर ।लगभग २/३ हप्ता भन्दा बढि त कोई पनि टिक्दैनन तर।
उसलाई मैले यसरी केटि परिवर्तन गर्दै हिड्नुको कारण सोध्दा उ एउटा साँचो मायाको खोजिमा रहेको तर आज सम्म उसले सोचे जस्तो माया कोहि केटि बाट पाउन नसकेको कुरा सुनाउछ। उसको फेसबुकमा रहेका साथि मध्य ९९% केटि त उसको तेइ साँचो प्रेम खोजिका उपज हुन। अनुहार त खास्सै राम्रो छैन उसको तर पनि ३ बर्ष अघि क्यामेरा बाट खिच्या फोटो प्रोफाईलमा राख्या छ सायद तेसकै प्रभाब हुनु पर्छ केटिहरु उसङ्ग आकर्षित हुनुमा ।कुरा पनि त उत्तिकै मिठा गर्छ । केटिहरुलाई मख्ख बनाउन सक्ने अदभूत कलाको धनि मेरो प्रिय मित्र साँचो प्रेमको खोजिमा सयौँ केटिको मुटुमा बास गरिसक्यो । पुर्ब मेचि देखि पस्चिम महाकाली सम्मका प्रत्येक जिल्लाका कम्तिमा पनि १/१ जना केटिहरु उसका प्रेमिका हुन। त्यसैले त म उस्लाई मेचिकालि भन्छु उसले सबै केटीलाई मेरि काली भन्छ ।
कहिलेकाहीँ म सँग आएर गुनासो गर्छ “हेर्न केटा True love को खोजिमा कति केटि सङ्ग झुटो प्रेममा परिसकेँ अब त म आफैंलाई play boy वाला feel आउन लागिसक्यो यार”। हेर्नुस मैले भन्या होइन नि उ आफैले भन्या हो true love खोज्दा खोज्दै play boy भएको कुरा ।
तर छोड्नुस यो कुरा अरुको कुरा गरेर हामिलाई के फाईदा। मलाई पहिले मायाले किरण भन्ने उ अाज भाेलि केटीको नसामा किरने भन्छ । भन्छन् नि साथीले सबै थाेक बाड्छ तर मेरो मित्र त्यस्तो छैन अाफुले दर्जनौं गलफ्रेन्ड बनाउदा नि हामीलाई एउटा बाडेन मेरो स्वार्थि साथि तँलाई सलाम छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *