Advertisement
Advertisement
Advertisement

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही   कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
Advertisement
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी  भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती  र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *