Advertisement
Advertisement
Advertisement

रुकुम पस्चिममा भिरबाट लडेर गम्भिर घाईते भएकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार

रुकुम पश्चिममा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका -१ खेतकि ३५ वर्षकि बास्मति दमाईलाई उद्धार गरिएको हो।
Advertisement
शनिवार बिहान सबेरै घरबाट घाँस काट्न गएकि दमाई घर नजिकैको भिरबाट लडेर करिब एक सय मिटर तल खसेको स्थानीयले जनाएका छन । घटनास्थलबाट वडा नम्वर-२ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछी हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ । नगरप्रमुख केसीले घाईतेको उद्धार गर्न हेलिकप्टरका लागि प्रसासन समक्ष अनुरोध गरेका थिए । घटना स्थलमा सडक अबरुद्ध भएकाले घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको आठबिसकोटका नगरप्रमुख रवि केसीले बताए । केसीका अनुसार हेलिकप्टरको भाडा नगरपालिकाले तिरिदिने भएको हो ।
घटनास्थल एकदमै दुर्गममा भएको र सडक भए पनि बर्षातमा अवरुद्ध भएकोले उद्धार गर्न समस्या भएको थियो । घटनास्थलमा प्रहरी र स्थानियको सहयोगमा घाईतेको उद्धार गरिएको थियो । गम्भीर घाइते भएकि दमाईको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेत पठाईएको हो । स्यालाखदी स्वास्थ्य चौकीमा कार्यरत चेतना यरीका अनुसार दमाईको अवस्था गम्भिर भएपछी नगरपालिका सँग हेलिकप्टर मार्फत उद्धार गर्न अनुरोध गरिएको छ । नगरपालिकाको सहयोगमा सुर्खेतबाट हेलिकप्टर मगाएर उद्धार गरिएको जनाईएको छ ।
वडा नम्वर १ का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार घाईते दमाईको टाउको फुटेको र खुट्टा दुई ठाउँमा भाँचिएको छ र शनिवार बेलुकातिर स्वास्थ्य चौकी पुगेकी उनलाई प्राथमिक उपचार पछी प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *