Advertisement
Advertisement
Advertisement

भेरी नदीमा भेटिएको शव मेजर पण्डितको हुनसक्ने आशंका


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
भेरी नदीमा भेटिएको शव मेजर विमल पण्डितको हुनसक्ने आशंका गरिएको छ ।
मंगलबार डोल्पाको त्रिपुरासुन्दरीस्थित भेरी नदीमा भेटिएको शव १० भदौमा बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको हो ।
भेरी नदी अन्तर्गत खदांग क्षेत्रमा मंगलबार शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयले भेटाएका थिए । उनीहरुले प्रहरीलाई खबर गरेपछि सैनिक टोली त्यसतर्फ गएको बताइएको छ ।
उक्त शव मेजर पण्डितकै हुनसक्ने आशंका गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘आशंका हो, तर अहिले नै प्रस्ट भइसकिएको  छैन,’ उनले भने ।
शवलाई जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको छ
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *