Advertisement
Advertisement
Advertisement

दसैँ खर्च माग्दै राउटेहरूले भेटे मुख्यमन्त्री चौधरीलाई

राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग भेटघाट गरी दसैँ खर्चको माग गरेका छन्। फिरन्ते जीवन बिताइरहेका  राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली मुख्यमन्त्री कार्यालयमा भेटघाट गर्दै आफूहरूका समस्या सुनाएका हुन्।
राउटे शाहीले सरकारसँग दसैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई खर्चको व्यवस्था गर्न आग्रह गरेका छन् । ‘अब दसैँ आइसक्यो । हाम्रो जनताले दसैँमा बलि पनि दिनु पर्छ । खसी पनि खानु पर्छ । सरकारले पैसा दिनु पर्‍यो,’ शाहीको आग्रह थियो। उनका अनुसार ८६ घर परिवारलाई खसीका लागि सरकारले २ लाख दिनुपर्नेछ।  उनले आफूहरू अहिले दैलेखमा बसिरहेको र दसैँ खर्चका लागि दाङ आएको बताए ।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।  उनले दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए ।
राउटेहरूलाई पहिलेदेखि नै सरकारले दसैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ । राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या भएमा लुम्बिनी प्रदेश सरकारले पनि केही सहयोग गर्ने मुख्यमन्त्री चौधरीले बताए । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता थियो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *