ज्ञानज्योती एजुकेसन फाउन्डेसनकाे सहकार्य तथा आदर्श एकेडेमीकाे आयोजनामा तीन दिन सम्म सञ्चालित प्रथम अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता- २०८० को उपाधी अमृत एकेडेमी बिजौरीले जितेको छ ।
ज्ञानज्योती फाउन्डेसन भित्रका ७ वटा बिधालयको सहभागीता रहेकोमा ३ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पार्दै अमृत एकेडेमी बिजौरीलेले उपाधी जितेको छ । त्यस्तै ३ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको पिएनके पाठशाला तुलसीपुर १ ले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसीपुर-७ बम्नै २ स्वर्ण, ३ रजत पदक सहित तृतिय भएको छ । बिजेता खेलाडिहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
आयोजक बिद्यालय आदर्श एकेडेमी तुलसीपुरका प्रीन्सिपल वसन्त टण्डनको अध्यक्षता तथा दाङ जिल्ला एथलेटिक्स संघका सचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्य एवं ज्ञान दिप कलेज तुलसीपुरका सहायक प्रधानाध्यापक मनोज केसीको विशिष्ट आतिथ्यमा भएको समापन समरोहमा भएको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बस्नेत, बिशिस्ट अतिथि मनोज केसी लगाएतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन आदर्श एकेडेमीका शिक्षिका यमुना अधिकारी र खेल संयोजक सुरज वलिले गर्नुभएको थियो ।