Advertisement
Advertisement
Advertisement

राडी बजार क्षेत्रमा सार्वजानिक शौचालय नहुँदा नागरिकलाई समस्या

रूकुम पश्चिमको आठविसकोट नगरपालिकाकाको राडी बजार क्षेत्रमा सार्वजानिक शौचालय नहुँदा बाहिर बाट आउने नागरिकालाई समस्या भएको छ । राडी बजार यस क्षेत्रकै एक मात्र व्यापारिक केन्द्र हो । यहाँ जाजरकाेट को नलगाड नगरपालिका र डोल्पाका नागरिक समेत किनमेल र व्यापारका लागी आउने गरेका छन् ।
स्थानीय सरकार आएको करीब साढे ६ वर्ष बढी भयो । तर यसमा स्थानीय सरकारको ध्यान पुगेको छैन । विभिन्न विकासका कुरामा अगाडि रहेको बताउने नगरपालिकाले यति सानो कुरामा भने ध्यान दिन सकेको छैन । व्यापारका हिसाबले राम्रै मानिने राडी बजार क्षेत्रमा एउटा सम्म सार्वजानिक शौचालय भए पनी सहज हुने स्थानिय बताउँछन् ।
आठविसकोट नगरपालिका १२ कि राधिका महतरा किनमेलका लागी यस नगरपालिकाको केन्द्र राडी बजार आउनुहुन्छ । सौच गर्नु पर्यो भने कि त होटल तिर पस्नु पर्छ कि त गाउँ पुगेरै । होटेलमा नास्ता खायो भने मात्र सौच गर्न पाइने नत्र तेतिकै सहेर बस्नु पर्ने बाध्यता उहाले सुनाउनु भयो ।
अति भएपछि निजी शौचालयमा पस्दा धेरै पटक गाली खाएको उहाले बताउनुभयो ।
उपप्रमुख धनकुमारी शाहीले सार्वजानिक शौचालय बनाउने योजना रहेको बताउनुभयो । एक संस्थालाई निर्माणका लागी आग्रह गरेका छौं, उक्त संस्थाले बनाउँछ होला, नबनाए हामी नै बनाउँछौं, उहाँले भन्नुभयो । व्यापार र मान्छेको चाप हेर्दा राडी बजारमा सार्वजानिक शौचालयको अति आवश्यक देखिन्छ । यस तर्फ स्थानीय सरकारको ध्यान जान जरुरी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *