तुलसीपुर महोत्सवमा आज लोकप्रिय लोक दोहोरी गायक रामजी खाँणको आउने भएका छन् । बुधबारदेखि सुरु भएको महोत्सवमा बिहीबार रामजी खाँण सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने मुल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले जानकारी दिए ।
कार्यक्रममा चर्चित हाँस्य कलाकार बिष्णु जी पाण्डे, लोक गायिका मञ्जु भट्टराई, निशान्त बिक लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।
स्थानीय वस्तुको बजारीकरणका लागि संचालित महोत्सवबाट संकलित रकम विभिन्न सामाजिक कार्यमा खर्चिने उद्देश्यसहित तुलसीपुर ६ को खुल्ला मैदानमा संचालित महोत्सव फागुन ८ गतेसम्म संचालन हुने छ ।





