Advertisement
Advertisement
Advertisement

तुलसीपुर महोत्सवमा उर्लिए दर्शक , अर्जुन ,सिर्जना र कृष्णको प्रस्तुतिले रौनक ल्यायो


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

लुट्नेलाई त ब्रम्हलुट छ । नेपालमै हजुर, सुनको गजुर’ गायक कृष्ण रेउलेले पहिलो गित गाउँदा नै मैदान भरिभराउ भइसकेको थियो । तिनै दर्शकलाई गायक रेउलेले देशको वर्तमान अवस्था चित्रण गरिएको गित गाएर भावुक बनाए ।

प्रदेश तथा केन्द्रमा पनि यही क्षेत्रका प्रभावशाली नेता तथा सरकारको नेतृत्वमा रहँदा पनि विकासले गति लिन नसकेको यथार्थ र अलपत्र फोरलेन, सधै चुनावका बेला मात्रै चर्को रुपमा उठ्ने अघिपछि बेवास्ता गरिने टरिगाउँ विमानस्थललगायतका विषयवस्तुलाई नजिकबाटै नियालेका गायक रेउलेले ती विषयलाई टुक्कामार्फत प्रस्तुत गरिरहे । यी विविध विषयमा पीडा भोगिरहेका दंगाली दर्शकका अनुहार गायक रेउलेको प्रस्तुति अवधिभर चहराइरहेको घाउमा कसैले मल्हम लगाइदिएको महसुस गरे झैं देखिन्थे ।

त्यसपछि गायतक रेउलेले अघिल्ला गितबाट भावुक बनेका दर्शकको भावुकपनलाई चिर्ने कोसिस गरे । अनि पुगे ठूलो जमात युवापुस्ताको मनमा हलचल मच्चाउन । ‘कलेजी रेटियो मायाले, जोगले भेटियो’, ‘तिम्ला भेट्न आएको, हाम्ले माया लाएको गाउँमा हल्ला चल्यो ।’ लगायतका गित गाएर युवा पुस्ताको मनभित्र पस्न सफल भएका गाएक रेउलेले मैदानको पुच्छरतिर बसेकोहरुलाई पनि ननाची सुखै नहुने गरी गित गाइरहे ।

तुलसीपुर महोत्सव–२०८० मा चौथो दिन प्रस्तुति दिंदै आफ्नो समयावधिभर करिब एक दर्जन गित गाएका रेउलेले अन्तमा भने सबैमा उत्सहित बनाएर आफ्नो प्रस्तुतिको अन्त्य गरे । गाएक रेउलेले ‘आज गाउँमा बिजुली चम्कियो, के रैछ भन्दा सोल्टीनी हा“सेर’ बोलको गित गाउँदा मैदानमा ननाचेका कमै दर्शक थिए ।

त्यसपछि अन्य कलाकारहरु गायक अर्जुन सापकोटा, गायिक सिर्जना खत्री ‘हाउडे माया’, सदिक्षा पोख्रेल र डान्सर सरिष्मा वलीको प्रस्तुतिले दर्शकलाई महोत्सवको समयावधिभर मोहनी लगाइरह्यो । आयोजकका अनुसार शनिवार मात्रै करिब २५ हजार दर्शकले मेला अवलोकन गरेका छन् ।
महोत्सवको सांस्कृतिक विधाका संयोजक रुपबहादुर खत्री भन्नुहुन्छ– ‘दर्शकको संख्या दिनानुदिन बढ्दोक्रममा छ । आज केही बेर त दर्शक व्यवस्थापन गर्न हम्मेहम्मे नै भयो । भोलि पनि चर्चित तथा लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने भएकोले दर्शकको संख्या बढ्छ ।’

आइतवार गायक खेम सेन्चुरी, गायिका भूमिका गिरी, लालुमाया कुवर, डान्सर अरुषी मगरलगायतको प्रस्तुति रहने संयोजक खत्रीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *