Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
आज बिहीवार तुलसीपुर महोत्सव–२०८० को नवौं दिन पनि र्शकहरुको उपस्थिति उत्साहजनक नै रह्यो ।महोत्सवमा आज चर्चित र्याप गायक लाहुरेले प्रस्तुति राखेका थिए ।
आफ्नो प्रतीभामार्फत युवापुस्तामा प्रभाव जमाउन सफल लाहुरेले प्रस्तुति दिंदा महोत्सवस्थलमा उपस्थित युवाहरुले भरपुर मनोरञ्जन गरेका थिए । ‘ठमेलमा’, ‘सोल्टी’, ‘हाउडे’लगायतका दर्जनबढी प्रस्तुति राखेको लाहुरेको प्रस्तुतिले दर्शकलाई बेलुका ७ बजेसम्म महोत्सव स्थलमा रोक्न सफल भए ।
आज मात्रै २० हजारबढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा अन्य स्थानीय कलाकारको प्रस्तुति र दोहोरी प्रतियोगिता पनि सञ्चाल भएका थिए ।
महोत्सवमा शुक्रवार प्रिति आले अउँदै
भोलि दशौं दिनमा चर्चित गायिका प्रिति आले, गायक सुकदेव अधिकारी, एटी महर, हाँस्यकलाकार उज्ज्वल गिरी, खड्ग शर्मा, डान्सर सविता भुसाल, विमु आचार्य, अस्मिता केसी, मञ्जु ठकुरी, प्रिन्स परियारलगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिए ।
महोत्सवमा दर्शकको रोजाइमा परेका कलाकारहरु उपस्थित गराउन सफल भएकोले दर्शकको उपस्थिती बढेको खत्रीले जानकारी दिए ।