Advertisement
Advertisement
Advertisement

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिँदै छन्। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने भएका छन् ।

दलको बैठकपछि परियारले भने,‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’

उनले विश्वासको मत लिएको केही दिनपछि सत्ता हस्तान्तरण हुने बताए । यस्तै उनले नेकपा एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रको निर्णय माओवादी कर्णालीले लागु गर्ने बताए । संसदमा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण हुने उनले बताए ।

केन्द्रमा गठबन्धनमा भएको सहमति अनुसार कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *