Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन ।
शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने बिपक्षमा २८ मत परेको थियो ।
मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेतले विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले घोषणा गरेका छन।
मुख्यमन्त्री महराको बिपक्षमा कांग्रेस र जनमोर्चाले मत दिएका थिए । उनि चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका छब ।