जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

Advertisement

अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका हुन्।

सभामुख देवराज घिमिरेलाई सोमबार पत्र पठाउँदै अध्यक्ष यादवले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन्।

साथै आफूहरू सरकारबाट पनि बाहिरिएको उनको भनाइ छ। यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए भने पार्टीका सांसद दीपक कार्की वन राज्यमन्त्री थिए। उनीहरूले सोमबार नै पदबाट राजीनामा दिएका थिए।

अध्यक्ष यादवले आफूहरू अब प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *