गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई संसद बैठक प्रवेशमा रोक

गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई संसद बैठक प्रवेशमा रोक लगाइएको छ । बिहीबारको बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले बैठक कक्षमा छिर्न नदिएका हुन् ।
Advertisement
उनलाई माओवादी केन्द्रले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । अदालतले उनलाई सांसदको हैसियतमा काम गर्न कुनै रोक नलगाउन आदेश दिएको थियो ।
अदालतले आदेश दिँदा पनि प्रदेशसभा बैठकमा सहभागी हुन रोक लगाइनुको कारण खुलेको छैन । सभामुख, संसदका सूचना अधिकारी सबै बैठकमा रहेकाले कारण खुल्न सकेको छैन । अदालतको आदेश प्रदेशसभा सचिवालयले प्राप्त गरिसकेको छ । बुधबार नेसपाको टोली सभामुखलाई भेट्न पुगेको थियो ।
सभामुख कृष्णप्रसाद धितालले आदेश आएको र दर्ता भइसकेको जानकारी दिएका थिए । आफू अघिल्लो दिन उक्त आदेश दर्ता भएको बुझेर संसद आएको तर प्रवेशमा रोक लगाइएको देवकोटाले बताए । उनी अहिले संसद भवन बाहिर बसेका छन् ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *