Advertisement
Advertisement
Advertisement

बालदिबसको अबसरमा सगरमाथा स्कुलद्वारा शैक्षिक सामाग्री बितरण

तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले तुल्सीपुर उपमहानगरपालिका ७ स्थित अपाङ्गता अध्ययन केन्द्रमा आश्रित १२ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री र फलफुल वितरण गरेको छ
६० औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर अपाङ्ग भएका बालबालिकालाई सहयोग स्वरूप शैक्षिक सामग्री र फलफुल वितरण गरेको विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले जानकारी दिनुभयो । तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका सदस्य सचिव यज्ञबहादुर विश्वकर्माले यसरी अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यार्थीहरूले आफ्नो खाजा खर्चमा कटौती गरेर शैक्षिक सामग्री वितरण गरेकाले यसले थप प्रेरणा मिलेको बताउनुभएको थियो। साथै विद्यार्थीहरुलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल छवि कुमार ओलीले केही समय अगाडि विद्यार्थीले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री र फलफुल वितरण गरेको कुरा बताउनुभएको थियो। हामी यसलाई निरन्तरता दिन चाहन्छौं किनकि विद्यार्थीहरूमा समाजसेवाको भावनाको विकास होस् भन्ने हामी चाहन्छौ उहाँले भन्नू भयो ।
साथै सो अवसरमा विद्यालयले विभिन्न किसिमका अतिरिक्त कार्यक्रमहरूको आयोजना गरेको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले जानकारी दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *