पछिल्लो समयका चर्चित एबम ब्यस्त गायक तथा सफल गायक अर्जुन सापकोटालाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा तुलसिपुरको ज्ञानज्योती स्कुलका सयौं कलिला विद्यार्थीहरु हर्षले विभोर हुँदै उनलाई तालीको गडगडाहतले न्यानो स्वागत गरेका थिए ।
विद्यालयको प्राङ्गणमा गायक सापकोटाको आगमनसंगै फेरिएको माहोल र उनीप्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । सेल्फी तथा फोटोखिच्ने विद्यार्थीहरुद्वारा घेरिएका गायक सापकोटा आफै पनि विद्यार्थीहरुको बिचमा आफुलाई पाउँदा प्रफुल्ल देखिन्थे ।
विद्यार्थीहरुको विशेष आग्रहमा सदाबहार गायक सापकोटाले बसेउ अलक्कै , डाडैको टुनि , बनकी चरी बनैमा रमायो , फुल्यो गुराँस , ए ठुली लगाएत दर्जन लगायतका गीतले विद्यालयको प्राङ्गण गुन्जायमान भएको थियोे ।
ज्ञानज्योती कलेजमा कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रममा आफ्नो प्रस्तुति दिन सापकोटा आएका थिए ।
कक्षा १२ का विद्यार्थी प्रतिक वलीको अध्यक्षता तथा तुलसीपुर शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता रहेका थिए । त्यस्तै ज्ञानज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी बिशिस्ट आथित्यता रहेको थियो ।
विद्यालयका अन्य विद्यार्थीहरुले पनि नृत्य, गीत प्रस्तुत गरेको थिए।
ज्ञानज्योतिका शैक्षिक संयोजक शरद गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकहरू सोमराज बस्नेत र सन्तोश के सी ले गर्नुभएको थियो ।