Advertisement
Advertisement
Advertisement

एन प्याब्सन तुलसीपुरको आयोजनामा गणित दौड र पठन सीप प्रतियोगिता

Advertisement

नेशनल प्याब्सन तुलसीपुरको आयोजनामा सोमबार गणित दौड र पठन सीप प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीको क्षमता जाँच तथा विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ नेशनल प्याब्सनले गणित दौड र पठन सिप प्रतियोगिता गरेको हो ।

नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसीको अध्यक्षता एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगीको प्रमुख आतिथ्यतामा तथा नेशनल प्याबसन दाङ शाखाको जिल्ला अध्यक्ष भोजराज न्यौपाने , तुलसीपुर शिक्षा महाशाखाका अधिकृत मन बहादुर खड्काको विशिष्ट अतिथ्यमा  रहेको थियो।

प्रतियोगितामा नगरभित्र संचालनमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत  १ देखि ५ कक्षासम्म विद्यार्थी सहभागी भएका थिए । त्यस अवसरमा भएको पठन बोध कार्यक्रम छात्रा तर्फको प्रथम युनाइटेड स्कुलकि सरिष्मा थापा, द्वितीय शारदा सिस्नेकि सविना बुदाथोकी र तृतीय हिमालय बोडिङको प्रेमिका के.सी भएकी थिइन भने छात्र तर्फबाट  प्रथम मिनि भ्यालीको अर्मन खड्का, ज्ञान ज्योतिको प्रज्ज्वल वि.क र तृतीय सगरमाथाको श्रवण डि.सी भएका थिए । गणित दौडको छात्रा तर्फ प्रथम जनप्रीयकि नेलिमा चौधरी , द्वितीय शारदा सिस्नेकि सुप्रीया परियार र तृतीय लोकप्रीयकि सुस्मा बुदाथोकी भएकी थिइन भने छात्र तर्फ प्रथम सरस्वतीको दिपेश डाँगी, द्वितीय शिखाको राजकुमार वि.क र तृतीय सगरमाथाको हिरसान्त गिरि भएका थिए ।

कार्यक्रममा  नेशनल प्याब्सन तुलसीपुरका उपाध्यक्ष लिलाधर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव रमेश पौडेलले गर्नुभएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *