Advertisement
Advertisement
Advertisement

नेशनल प्याब्सन दाङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेशनल प्याब्सन दाङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगी र केन्द्रिय सदस्य प्रकाश शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले शिक्षा क्षेत्रमा निजि विद्यालयहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । साथै उहाँले दाङ शाखाले विभिन्न रचनात्मक कार्यहरुमा जोड दिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि डाँगीले राज्यले निजि विद्यालयलाई हेर्ने दृश्टिकोण सहि हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा, लुम्बिनी प्रदेश सचीव टोपेन्द्र खनाल, लुम्बिनी प्रदेश सह-कोषाध्यक्ष नरेश आचार्य त्यस्तै सदस्य केपी न्यौपाने, जिल्लाका निवर्तमान उपाध्यक्ष भुमान्डब केसी लगायतले नेशनल प्याब्सनले समग्र शैक्षिक उन्नयनका लागी एकतावद्द भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी कार्यक्रममा बबई गाउँपालिका संयोजक बुद्धिराम चौधरी, शान्तिनगर गाउँपालिका संयोजक रण बहादुर बोहरा, दङ्गिशरण गाउँपालिका संयोजक नारायण शर्मा, राप्ती गाउँपालिका संयोजक चम्पक राज कार्की, तुलसीपुर उपमहानगरपालिका संयोजक सुमन केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा बुद्ध किरण ईङ्लिस स्कुल राजपुर र गुरुकुल एकेडेमी लमही नेशनल प्याब्सन दाङमा आवद्ध भएका छन् ।

कार्यक्रममा डान्स च्याम्पियन सिजन टु का प्रतिस्पर्धी र ज्ञानज्योति स्कुल गढवाला बालबालिकाहरु नृत्य प्रस्तुत गरेका थिए ।

जिल्लाका वरिष्ठ उपाध्यक्ष ठाकुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचीव शालिकराम रेग्मीले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *