Advertisement
Advertisement
Advertisement

एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो सुनको भाउ


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ हजार ९ सय रूपैयाँले घटेको हो ।

सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो ।
आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ सय १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *