दाङको तुलसिपुरमा रहेको मेरिगोल्ड इंग्लिश बोर्डिङ स्कुलमा मेरिगोल्ड सिङ्गिङ आइडल २०८१ सम्पन्न भएको छ । धेरै विद्यार्थीहरुको गायनमा रुचि रहेको र त्यो रुचि , क्षमतालाई प्रदर्शन गरून भनी मेरिगोल्ड स्कुलले प्रत्येक बर्ष सिङ्गिङ आइडल आयोजना गर्दै आएको छ।
एक सय भन्दा धेरै विद्यार्थीहरुबाट प्रि- अडिसन र मेगा अडिसन पूरा गर्दै फाइनलमा पुगेका प्रतियोगीहरुमध्य सिनियर समुहमा रितेश नेपाली बिजेता भएका छन् भने योजना रिजाल दोस्रो र बिजय भण्डारीले तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यस्तै जुनियर समुहमा स्मारिका भट्टराईले प्रथम स्थान हासिल गर्दा शिवानी पोख्रेलले दोस्रो स्थान प्राप्त गरेकी छिन् भने अनैशा कवर योगिले तेस्रो स्थान हासिल गरेको विद्यालयले जानकारी दिएको छ ।
बिजेताहरुलाई नगत तीन हजार , प्रमाणपत्र र ट्रफीका साथै २५% छात्रवृत्ति प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले बताउनुभयो । त्यस्तै दोस्रो हुनेहरुलाई नगद दुई हजार , प्रमाणपत्र सँगै १५ % छात्रवृत्ति र तेस्रो हुनेलाई नगद १५ सय , प्रमाणपत्र साथै १०% छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक रिजाले बताउनुभयो।
शिक्षक विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थितीमा भएको कार्यक्रमको सहजीकरण मेरिगोल्ड स्कुलका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले गर्नुभएको थियो ।