महिला रक्तदाता बढ्दै ,ज्ञानज्योतिमा १९ जना छात्राले गरे रक्तदान
तीखो सन्चार
Advertisement
पछिल्लो समय रक्तदानको महत्त्व बुझेपछि महिला रक्तदाता बड्दै गएका छन ।ज्ञान्ज्योती मावी तुल्सिपुरको आयोजनामा भएको रक्तदानमा आज फरक दृश्य देखियो सधै पुरुष रक्तदाता देखिने कार्यक्रममा आज महिलाको उल्लेख्य उपस्थिती देखियेको छ। रक्तसञ्चार केन्द्र तुल्सिपुरमा रगतको अभाब भएकोले रक्तदान कार्यक्रम आयोजना गरेको सहायक प्रधानाध्यापक मनोज कुमार केसिले बताउनुभयो भयो । ६ पुरुष र १९ महिला गरि २५ जनाले रक्तदान गर्नु भएको थियो ।रक्तदान गरे कमजोर हुने गलत भ्रमको अझै पनि धेरै मानिस रक्तदान गर्न हिचकिचाउने गरेको दाङ रेडक्रस का सदस्य भिम मरासिनिले बताउनु भयो । दाङ मा अझै पनि ८५ % पुरुस र १५% महिला रक्तदाता रहेका छन । आज को यो दृश्यले सकारात्मक सन्देश दिएको भन्दै महिला हरु पनि रक्तदान गर्न उत्साहित भएको पाइएको छ। रक्तसञ्चार केन्द्र तुल्सिपुरको प्राबिधिक सहयोग रहेको थियो। सो अबसरमा सहायक प्रअ मनोज केसि शिक्षक , कर्मचारी र बिधार्थी हरुले रक्तदान गर्नु भएको थियो।