काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग गर्दै प्रस्तावना

श्रीमान् माननीय सांसद जनार्दन शर्मा[प्रभाकर] ज्यू,

Advertisement
Advertisement
Advertisement
Advertisement

विषय: काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धमा

म यहाँ आ.न.पा. वडा नं.-०२ पाहाडा रुकुम पश्चिम जिल्ला निवासी [हरी बहादुर यरी], काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न अनुरोध गर्दै यो निवेदन पेश गर्दछु।
यो पटकको पाँच पूर्णिमा मेलाको अवसरमा काँडा दहको प्राकृतिक सौन्दर्य र स्थानिय युवाहरुको योगदानले उक्त स्थलमा विभिन्न सरसफाइ तथा सजावटका कामहरु गरिएको छ। देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुको सानो आर्थिक सहयोगले यस काँडा दहलाई काठमाडौंबाट पतङ्गनहरु ल्याएर सिँगारेका छाैँ। त्यसपछि हामीले यहाँ आएर टिकटक भिडियो बनाउनेलाई ने.रु ५०००.००/- पुरस्कार दिने भिजन तयार गरेका थियौँ। त्यसैले प्रत्यक्ष पर्यटकको संख्या लगभग ५ हजारको हारहारिमा र सामाजिक सञ्जालमा टिकटक लगायतका माध्यमबाट काँडा दहको भिडियोले २५ लाख भन्दा बढी दर्शकको ध्यान तानिसकेको छ। यसले यो क्षेत्रको पर्यटन विकासको अपार सम्भावना रहेको पुष्टि गरेको छ।
काँडा दहको संरक्षण तथा प्रचारप्रसार गर्न निम्न बुँदाहरुमा सरकारी ध्यानाकर्षण आवश्यक छ:
१. काँडा दहलाई आधिकारिकरुपमा पर्यटकीय क्षेत्र घोषणा गरिनु।
२. यातायात र पूर्वाधार निर्माणमा सरकारी लगानीको व्यवस्था।
३. पर्यटकका लागि आवश्यक पूर्वाधार (वाटर ट्याङ्की, बासस्थान, शौचालय आदि) को निर्माण।
४. क्षेत्रको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु।
यस क्षेत्रको विकासले न केवल स्थानिय युवालाई रोजगारीको अवसर उपलब्ध गराउँछ, बरु नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिएको छु।
अतः, माननीय सांसद जनार्दन शर्मा[प्रभाकर] ज्यू समक्ष काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न जोडदार अनुरोध गर्दछु।
धन्यवाद।
नाम: हरी बहादुर यरी
ठेगाना:आ.न.पा. वडा नं.-०२ पाहाडा रुकुम पश्चिम

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *