Advertisement
Advertisement
Advertisement

स्यानी !!

पर्खिएर रहेका भेटौलाभनी

दुई किनारा

को बाटो हिडेको

हामी अन्त्य नभै

टुङ्गिएछौ

थाहै भएन स्कुल,

कलेज सकिएको

तर ! के

गुरासे डाडा को सम्झना

होला नि तिम्लाई

बाजेले पकाएको

खिर खुवाउदै भन्थ्यौ नि

देउती बज्यैलाई

भाकल राखेर

दुनियाँ ले साक्षीको ज्वजयलता

कायम गरेको जुन लाई

हेरेर,

पाल्पा मा रानीमहल किन बन्यो ?

तिम्रो र मेरो प्रेमालयको

घर कस्तो होला

आगन भरी, भरी फूलहरु

को बिछौनामा

शुन्दर बगैंचा को आकाशी

मनहरु कति उनौला नि

हामी

काक्रेबिहार मा रहदा

भन्थ्यौ नि

मुना खुसी थिइन

तर मदन ल्हासामा

जान के थियो

उनी साग र

सिस्नुमै रमाउछु भन्थिन

हातभरी गहना

लगाइदिन

सुनकै रहर गर्न के थियो

कहिलेकाही लागेन

तिम्लाई

निठुर समय भित्र को

फक्रन को बयलता हेरि

तिम्लाई

दिएको अनुभुति को

याद न आउदा

विर्सिएछ त्यो मन

जब यो साङ्सारिक यो

मनको  लोकमा

तिमी नहुदा

पराई पात्र बन्दा अझै सम्झना हरु

स्मृति को पोको

पारी सिरानिमा राखिराख्दा

कति छिया छिया भएको

होला

हिजो जस्तो आज आज जस्तो

भोलि नहुदा

तिम्रो मेरो बाटो त अलग भयो

अब यो मन

पनि अल्ग्याईदिन्छु ।कति

वस्नु पर्खाइका दिनहरुमा

यादहरु पनि जलाई दिन्छु

मुर्दाको घाटमा

कति सहनु पिडाका मारहरु

न मुना छन यहाँ

न मदन

फगतमा एक सुर एक कुर

अल्झाई दिदा

जिन्दगी बर्बाद गरि

समय खराब भैराख्दा

तिम्रो प्रेम आफै सङ्ग राखी

तिलान्जली दिन म उभिएको

एक पात्र सधै सधै तिम्रा लागि

विश्राम लिन खोजिएको हो
है!!

लेखक चिरञ्जीवी मल्ल बाॅफिकोट  गाउँपालिका  ४ छिन्खेत । 

 

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *