पिस पायोनियर इङलिस मोडेल स्कुल अबदेखी डिभाइन पाठशालाको नामबाट चल्ने

दाङको तुलसीपुरमा सन्चालित पिस पायोनियर इङलिस मोडेल स्कुल अब देखि डिभाइन फाउन्डेसन द्वारा संचालन हुने भएको छ । आज विद्यालयको २२औँ बार्षिकोत्सव कार्यक्रममा डिभाइन एजुकेसन फाउन्डेसनले संचालन गर्ने घोषणा गरेको हो ।

Advertisement

हालसम्म पिस पायोनियर इङ्ग्लिस बोर्डिङ स्कुलको नामबाट सन्चालन भइरहेको स्कुल तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको डिभाइन एजुकेसन फाउन्डेसन प्रा.लिमा गाभिए संगै अबको शैक्षिक बर्ष देखि डिभाइन पाठशालाको नामबाट सन्चालन हुनेछ ।

वि.सं २०५१ सालदेखि हालसम्म सन्चालनमा आइरहेको पिस पायोनियर इङ्ग्लिस मोडेल स्कुलमा कक्षा ५ सम्म पठनपाठन भैरहेकोमा अबको शैक्षिक बर्ष देखि डिभाइन पाठशालाको नामबाट सन्चालनमा आउने आज २२ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डिभाइन एजुकेसन फाउन्डेसनका सि.इ.ओ भोजराज न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै सि.इ.ओ न्यौपानेले समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै पिस पायोनियर लाई डिभाइन एजुकेशन फाउन्डेसनमा गाभेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री लुम्बिनी प्रदेश शभा सदस्य मा. धनबहादुर मास्की’राजेश’ ले शिक्षामा व्यवसायिकरण भैरहेको समयमा डिभाइन एजुकेशन फाउन्डेसनले विद्यार्थीको क्षमता वृद्धिमा विशेष ध्यान दिँदै व्यवहारिक शिक्षालाई जोड दिएकोमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारी’बर्षात’ ले आफ्नो वडा मा सन्चालन भैरहेको डिभाइन एजुकेशन फाउन्डेसनको यो शैक्षिक उडानलाई आफुले पनि गर्व गर्नुपर्ने बताउनु भयो । र फाउन्डेसनको सफलताको लागी आफु सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।

डिभाइन एजुकेसन फाउन्डेसनका सि.इ.ओ भोजराज न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महेश लामिछानेले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *