Advertisement
Advertisement
Advertisement

उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो

उद्यमशीलता (Entrepreneurship) को मूल मन्त्र के हो भने – कुनै व्यवसायको नक्कल गर्नु होइन, त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्नु हो। पुरानै चीजलाई नयाँ ढंग, नयाँ सोच र नयाँ शैलीमा रूपान्तरण गर्नु नै साँचो उद्यमशीलता हो।
आज हामी जुन बजारको कुरा गर्दैछौं, त्यो हो तुलसीपुर बजार। यहाँको एउटा सामान्य परिपाटी बनेको छ — एक जनाले मोबाइल पसल खोल्यो, मेहनत गर्‍यो, सेवा राम्रो दियो र राम्रो आम्दानी गर्‍यो। त्यसपछि अर्कोले सोचे, “उस्तै पसल खोले भने म पनि त्यत्तिकै कमाउँछु।” उसले पनि मोबाइल पसल खोल्यो — तर सोच, शैली, सेवा सबै पहिलेको जस्तै। फेरि अर्काेले पनि त्यही गरे। यसरी गर्दा–गर्दा बजारमा मोबाइल पसलको संख्या आवश्यकता भन्दा धेरै भयो। नतिजा के भयो? पहिले सुरु गर्नेले त टिके, बाँकीले घाटा बेहोरे।
भास्य निर्माण: बादरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि बनाउन दिदैन
त्यसरी नक्कल गर्नेलाई न त आफ्नै व्यवसाय टिक्छ, न अरुको व्यवसायको सम्मान गर्न आउँछ। यस्तो परिस्थितिमा बजारमा एक नकारात्मक सोच फैलिन्छ —
“यहाँ केही हुन्न”,
“विदेश जानु बाहेक उपाय छैन”,
“नेपालमा व्यवसाय गरेर बाँच्न सकिन्न।”
यस्तो सोच दिनहु सुनिन्छ — र विस्तारै यो ‘सामूहिक भास्य’ बन्छ। जसले युवा पुस्तालाई उद्यम गर्नबाट टाढा लैजान्छ।
असफल नक्कलको सूची
तुलसीपुर बजारमा अहिले यस्ता धेरै व्यवसायहरू छन् जसले साँचो अर्थमा नयाँपन ल्याउन सकेनन्।
• स्केट पार्क
• किराना पसल
• मासु पसल
• फेन्सी पसल
• मेडिकल
• होटल/रेस्टुरेन्ट
• सैलुन/पार्लर
यी सबै एउटै ढाँचामा छन् — एउटाले गरेपछि अरूले पनि त्यसै गरे। न योजना, न नवप्रवर्तन, न विशिष्टता।
के व्यवसाय सफल हुँदैछन् त?
अवश्य हुँदैछन्। तर ती मात्र जुन उस्तै देखिए पनि नयाँ शैली, नयाँ सोच, विशेष सेवा, वा स्थानीय संस्कृतिसँग मेल खाने किसिमले प्रस्तुत गरिएका छन्।
उदाहरणका लागि:
• नेपाली झुपडी शैली क्याफे, जसले पर्यटकलाई परम्परागत स्वाद र अनुभव दिन्छ।
• थिम बेस्ड सैलुन, जहाँ सेवा मात्र होइन, माहोल नै फरक हुन्छ।
• फ्युजन फुड किचेन, जहाँ नेपाली स्वादलाई आधुनिक व्यंजनसँग मिलाएर परोसिन्छ।
उद्यमशीलताको ५ मूलभूत सिद्धान्त
1. समस्या पहिचान गर्नुहोस् — समाजको कुन समस्या तपाईंले समाधान गर्दै हुनुहुन्छ?
2. नवप्रवर्तन ल्याउनुहोस् — नयाँ सोच, नयाँ तरिका, नयाँ प्रविधि प्रयोग गर्नुहोस्।
3. अनुकरण होइन, अन्वेषण गर्नुहोस् — अरुको देखेर होइन, आफ्नै मौलिकता देखाएर अघि बढ्नुस्।
4. सेवा वा उत्पादनमा मूल्य थप्नुहोस् — ग्राहकले तपाईंबाट के फरक पाउँछ?
5. धैर्य र योजना बनाउनुहोस् — एकैचोटि सफल भइहाल्नुपर्छ भन्ने होइन, योजना, परीक्षण र सुधार गर्दै जानुहोस्।
निष्कर्ष
नेपालमा व्यवसाय गरेर बाँच्न सकिन्न भन्ने भास्यलाई हटाउने एकमात्र उपाय हो — साँचो उद्यमशीलता अपनाउने।
पहिले उद्यमशीलताको सिद्धान्त बुझ्नुस्, त्यसपछि बजारमा के नयाँ गर्न सकिन्छ भनेर सोच्नुस्।
यदि तपाईंले अरुको नक्कल गर्नु भयो भने, सफलताको सट्टा पछुतो आउँछ।
तर, यदि तपाईंले आफ्नै सोच, मौलिकता र नवीनता लिएर व्यवसाय गर्नुभयो भने —
त्यो व्यवसाय सफल हुन्छ, र तपाईं उदाहरण बन्नुहुन्छ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *