Advertisement
Advertisement
Advertisement

पिपलमा निःशुल्क स्वास्थ्य शिविर : सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई लक्षित सेवा

 

रुकुमपूर्व र पश्चिमका स्थानिय  बासिन्दालाई लक्षित गरि दुइ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ पिपलमा हुने उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरु आउने बताइएको छ

वडा कार्यलयको आयोजना र  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको प्राविधिक सहकार्यमा यही जेठ १७ र १८ गतेनिःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने वडा अध्यक्ष प्रकाश खत्रीले जानकारि दिनुभयो ।

वडाध्यक्ष प्रकाश खत्रीका अनुसार ग्रामीण क्षेत्रमा सहज स्वास्थ्य पहुँचको अभावलाई ध्यानमा राखी शिविर आयोजना गरिएको हो।

शिविरमा शिक्षण अस्पताल महाराजगञ्जबाट आउने वरिष्ठ विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, फार्मेसीस्टलगायतको टोलीले सेवा प्रदान गर्नेछ । शिविरमा महिलासम्बन्धी रोग, प्रसूति सेवा, हाडजोर्नी, नाक, कान, घाँटी, मुटु, मृगौला, फोक्सो, छाला, मानसिक रोग, स्नायु समस्या, पिसाब प्रणालीसँग सम्बन्धित समस्या, आँखाको उपचार, दाँत परीक्षण तथा उपचार, पेट, आन्द्रा, कलेजो, पित्तथैलीजस्ता रोगहरूको परीक्षण तथा उपचार गरिनेछ । साथै, सुगर र प्रेसरको पनि निःशुल्क परीक्षण सेवा समेत उपलब्ध गराइनेछ ।

गाउँमै आएको विशेषज्ञ सेवाको लाभ लिनका लागि वडा कार्यालयले सबै स्थानिय वासि लाई आग्रह गरेको छ। थप जानकारिका लागि वडा कार्यालयमा सम्पर्क गर्न खत्रीले  आग्रह गर्नु भयो । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *