Advertisement
Advertisement
Advertisement

आज साउन ५ गते सोमवारको राशिफल

मेष राशि
मनमा अलमल र चञ्चलता हुन सक्छ। आफन्त वा साथीहरूसँग सानोतिनो मनमुटाव पर्न सक्छ। धैर्य र संयम अपनाउँदा समस्या टर्छ।

वृष राशि
आज तपाईंको दिन शुभ रहन्छ। आत्मबल बढ्नेछ, रोकिएका काम बन्नेछन्। मान–सम्मान पाइने सम्भावना छ।

मिथुन राशि
विदेश, अध्ययन वा जागिरमा राम्रो सफलता मिल्न सक्छ। आत्मविश्वासले काममा गति ल्याउनेछ। मिठो बोल्न सके फाइदा हुनेछ।

कर्कट राशि
मन भावुक बन्न सक्छ। खर्च बढ्न सक्छ, तर संयम राखे फाइदामा रहन सक्नुहुन्छ। परिवारमा थोरै असहजता देखिन सक्छ।

सिंह राशि
काममा प्रशंसा पाइनेछ। प्रेम र सम्बन्धमा मिठास बढ्नेछ। आत्मबल र जोश उच्च रहनेछ। निर्णय गर्न राम्रो समय हो।

कन्या राशि
घरपरिवारको जिम्मेवारीमा मन जानेछ। केही कामले ढिला गर्न सक्छ, तर प्रयास गर्दा सफलता सम्भव छ।

तुला राशि
साझेदारी वा प्रेम सम्बन्धमा सुधार आउनेछ। आम्दानीको नयाँ बाटो खुल्न सक्छ। सौम्य व्यवहारले मान–सम्मान बढ्नेछ।

वृश्चिक राशि
आजको दिन सहकार्य र सल्लाहका लागि उपयुक्त छ। जीवनसाथीको सहयोग मिल्नेछ। काममा नियमितता आवश्यक छ।

धनु राशि
शरीरमा स्फूर्ति र काममा उत्साह देखिनेछ। घर–परिवारमा खुसी छाउनेछ। रुकेका काममा गति आउन सक्छ।

मकर राशि
मन अलिक अस्थिर हुन सक्छ। सन्तान वा विद्यार्थीहरूका लागि दिन केही चुनौतीपूर्ण हुनसक्छ। धैर्य राख्नु हितकर हुन्छ।

कुम्भ राशि
घरको वातावरण सुखद रहनेछ। पारिवारिक सहयोग र स्नेह पाइनेछ। पुराना काम पुनः सुरु गर्न अनुकूल दिन हो।

मीन राशि
अतीतका कुरा सम्झेर मन अल्झन सक्छ, तर नयाँ सोच र योजना अघि बढाउने राम्रो समय हो। आफन्तसँग विचार साटासाट गर्नु लाभदायी हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *