Advertisement
Advertisement
Advertisement

आज साउन ९ गते शुक्रवारको राशिफल

Advertisement

मेष -दैनिक कार्यमा उत्साह रहनेछ। अध्ययन, अध्यापन वा योजना बनाउनेमा ध्यान केन्द्रित हुनेछ। तर पारिवारिक मतभेदबाट बच्न संवादमा सन्तुलन राख्नुहोस्।

वृष -साझेदारी वा वैवाहिक सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ। तर आर्थिक लेनदेन वा निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यतर्फ पनि ध्यान दिँदा राम्रो।

मिथुन -काममा निरन्तरता ल्याउनुपर्ने दिन हो। स्वास्थ्यमा सानो असहजता आउन सक्छ। व्यवस्थित र धैर्यपूर्वक अघि बढे फाइदा हुनेछ।

कर्कट -मन रमाउने दिन हो। सन्तान वा प्रेम सम्बन्धमा न्यानोपन आउनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्ने योग छ। शुभ समाचार सुन्न सकिनेछ।

सिंह -घरपरिवारका दायित्वहरू बढ्न सक्छन्। थकान वा मानसिक तनाव हुन सक्छ। तर जमिन, सम्पत्ति वा घर सुधारको विषयमा चर्चा हुन सक्छ।

कन्या -आज यात्राको सम्भावना छ। अध्ययन, लेखन वा अनुसन्धानका लागि राम्रो समय हो। भाइबहिनी वा साथीबाट सहयोग पाइनेछ।

तुला -आर्थिक विषयमा चनाखो बन्नुहोस। धनसम्बन्धी चलअचल विषयमा होशियारी आवश्यक छ। यद्यपि, बोली मधुर बन्यो भने काम सजिलै बन्नेछ।

वृश्चिक -आज चन्द्रमा आफ्नो राशिमा भएकाले मनमा संवेदनशीलता बढी हुनेछ। आत्मविश्वास बलियो रहनेछ। तर आवेगमा निर्णय नगर्नुहोस्।

धनु -पुराना कुरा मनमा खेल्न सक्छन्। अलिकति नकारात्मक विचार हाबी हुन सक्छ। ध्यान, जप, साधना वा आत्मचिन्तन उपयुक्त उपाय हुनेछ।

मकर -मित्रता र सामाजिक सम्बन्धमा मिठास आउनेछ। शुभ कार्यमा सहभागी भइनेछ। परोपकारी कार्यमा मन जानेछ। आर्थिक पक्ष सन्तुलनमा रहनेछ।

कुम्भ -पद प्रतिष्ठा बढाउने समय हो। जिम्मेवारी थपिन सक्छ, तर त्यसले सम्मान पनि ल्याउनेछ। काममा निरन्तरता आवश्यक छ।

मीन -विदेश सम्बन्धी विषय, धर्म, अध्यात्म वा उच्च अध्ययनमा आकर्षण बढ्नेछ। गुरु वा सल्लाहकारको साथ उपयोगी हुनेछ। यात्राबाट लाभको सम्भावना छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *