Advertisement
Advertisement
Advertisement

नेशनल प्याब्सन दाङद्वारा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न

नेशनल प्याब्सन दाङको आयोजनामा विद्यार्थीहरुका लागि विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयबाट सहभागी भएका ७०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का रहनुभएको थियो भने मुख्य प्रशिक्षकको रुपमा क्षेत्र प्रसाद ज्ञवाली रहनुभएको थियो ।
Advertisement

 

मुख्य प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले विद्यार्थीलाई लक्षित गर्दै प्रेरणादायी प्रशिक्षण दिएका दिनुभएको थियो ।उहाले आफ्नो प्रस्तुतीमा “जीवनमा सफल हुन अध्ययनसँगै आत्मअनुशासन, समय व्यवस्थापन र सकारात्मक सोच अति आवश्यक हुने ” भन्दै विद्यार्थीलाइ लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सुझाव दिनुभयो । साना प्रयासहरूबाट पनि ठूलो परिवर्तन सम्भव छ भन्ने आत्मविश्वास राख्न उहाले जोड दिनुभयो । ज्ञवालीले सामाजिक उत्तरदायित्व, आत्म–उन्नति र शिक्षा मार्फत नेतृत्व विकासको महत्व पनि बलपूर्वक हुने बताउनुभयो ।
प्रमुख अतिथि प्रकाश कुमार शर्माले वर्तमान शिक्षाले व्यवहारिक पक्षमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता उत्प्रेरणा कार्यक्रमहरुले विद्यार्थीमा आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्न सक्ने बताउनुभयो । उहाले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभएर , व्यवहारमा रूपान्तरण हुन जरुरी रहेको बताउनुभयो ।
शिक्षा अधिकृत मनबहादुर खड्काले विद्यार्थीहरूको उत्साहजनक उपस्थिति देख्दा आफूलाई गर्व लागेको बताउदै यस्तो खालका कार्यक्रमहरुले बालबालिकामा सकारात्मक सोच विकास गर्दै भविष्य निर्माणमा सहयोग पुर्‍याउने धारणा राख्नुभयो ।
अध्यक्ष भोजराज न्यौपानेले सबै विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक र सहभागी विद्यार्थीप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आज सिकेका कुराहरूलाई व्यबहारमा लागू गरेमा मात्रै लक्ष्य प्राप्ति सङ्गै सफल हुने बताउनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य बिमल गौतम , रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रशिक्षण अत्यन्त उपयोगी, प्रेरणादायी र व्यवहारमै आधारित भएको प्रतिक्रिया दिएका थिए।
साथै कार्यक्रममा नेशनल प्याबसन दाङमा रिक्त रहेका पदहरुमा मनोनयन गरिएका विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।
नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिब हरि प्रसाद भण्डारीले गर्नुभएको थियो ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *