Advertisement
Advertisement
Advertisement

आज साउन १२ गते सोमवारको राशिफल

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। राज्यको तर्फबाट तपाईंको व्यवहारमा शंका हुनेछ।

मिथुन : दिन सामान्य छ। बोल्दा सचेत भएर बोल्नुपर्नेछ। बोलीका कारणले साथीभाइ टाढा पुग्नेछन्। लगानीको क्षेत्रमा घाटा हुने दिन छ। ठूलो लगानीमा हात नहालेको राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यमा केही सुधार हुनेछ।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। डुब्न लागेको सम्पत्ति हात लाग्ने संकेत देखा पर्नेछ। रोजगारी र राजनीतिमा तपाईको बढुवा हुने सम्भावना छ। पारिवारिक सम्बन्ध राम्रो रहेको छ।

सिंह : दिन राम्रो छ। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा भने गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् मानसम्मान बढ्नेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा पनि फाइदा हुने योग परेको छ।

तुला : आज प्रतिभा प्रदर्शन गर्ने दिन छ। घुमघामको अवसर मिल्नेछ। शिक्षामा आलश्य बढ्नेछ। लगानीमा पनि दिन उपयुक्त छैन। परिवारको साथ लिएर अघि बढ्नुपर्ने दिन छ।

वृश्चिक : दिन राम्रो छ। संघर्षले सार्थकता पाउनेछ। शिक्षा र स्वास्थ्यले तपाईलाई साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ। दाम्पत्य जीवनमा खटपटी हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले साथ दिनाले मनमा उत्साह थपिनेछ। राजनीतिमा भने हात नहालेको राम्रो हुनेछ।

मकर : दिन सामान्य छ। हरेक कार्यमा शंकाको घेरामा भएकाले परिवारबाट जोगिएर काम गर्नुपर्ने देखिन्छ। शत्रु बढ्नेछन्। परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। यात्राको अवसर मिल्नेछ। तर समय र खर्च बढ्ने भएकाले अनावश्यक यात्रामा ननिस्किएको राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा समस्या आउँन सक्छ। हनुमान वा गणेशको पुजा गरेर अघि बढे लाभ मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *