Advertisement
Advertisement
Advertisement

हृदयेन्द्रको जुम्लाको भ्लगको प्रशंशा ,सांसद छिरिङ्ग लाई चिरन्जिविको जवाफ

चिरन्जिवी मल्ल, रुकुम पश्चिम । 

आचरण ले सभ्यताको परिचय दिन्छ भने सस्कार ले पुस्तानान्तरन को दिशानिर्देश गर्दछ ।
‎ गणतन्त्र भन्दै गर्दा शहिद छायादेवि पराजुली सम्झ र उहाको पुस्ताहरु को वृद्ध बुवा आमा हरु सङ्ग को जुम्लामा हृदयेन्द्र ले भेटेको त्यो माया,आतिथ्यता हेर !

‎गणतन्त्र भन्दै गर्दा शहिद भिमसेन दहाल लाई स्मरण गर उनकै भाइ बहिनि पुस्ता पन्चकली बुढा सङ्गको अन्तर्वार्ता को समृद्ध को अपेक्षा बोकेको सवालमा हृदयन्द्र को जवाफ सुन,बुझ एवटा छिरिङ्ग लामा ले प्रश्न गर्दै गर्दा धन्यवाद दिनुपर्ने होइन र ।
‎१५ मिनेट को भ्लग ले जुम्लालाई संसार भर चिनाइदिएको कुरा आपत्ति होइन ।यो त स्वागत र निमन्त्रणा को कुरा हो ।

तर नयाँ सामन्तको पुनःआगमन कसरी भयो ? गणतन्त्र भित्र फल्न पाउने, फक्रीन पाउने सबैको अधिकार छ ।
‎बरु अवैध सम्पति र कानुनि राज्यको बर्खिलापमा र गणतान्त्रिक नेपाल को रास्ट्र्‍यिता स्वाधिनता,स्वतन्त्रता ,सार्भौमसत्ता,भौगोलिक अखन्डता,स्वायत्ता,समाज लाई खलल बनाउने,खन्डित
‎गराउने, तत्व लाई मिल्काएर फाल्न आवश्यक छ ।
‎मुलुकमा २४० वर्षिय राजाको शाशन जन्ता भन्दा पनि राजाकै मनसाय, खराब प्रवित्ति, निजत्व स्वभाव बाट नै लैफुङ्गे हुदै गएको हो।तर पनि दलहरु न सुध्रिने छिरिङ्ग हरुको हेडक्वाटर नछोड्ने ,आदेश पालक जसरि रहने हो।भने सम्झ अब धेरै दिन नरहन सक्छ ।

‎कुनै बेला कम्पोडिया मा, राजा,रास्ट्रपति ,प्रधानमन्त्री भएका नरोद्दम सिङ्दानुक, र फ्रान्स मा फ्रान्समा चारै पटक राजतन्त्र र चारै पटक गणतन्त्र आएको कुरा पनि नबिर्सन आग्रह गर्दछु ।

‎होला आज हामि गणतन्त्र पक्ष धरको हो । हामि राजा मान्दैनौ।मान्दैनौ भन्दै गर्दा एवटा राज्य भित्र नागरिक को अधिकार लाई कुन्ठित पार्ने, उस्को हातखुट्टा बाध्ने,वाक स्वतन्त्रता लाई बन्धक बनाउने कुरा अहिलेको सिस्टम/ व्यवस्थामा कहाँ बाट आयो छिरिङ्ग जि आकाश बाट आयो कि धर्ति फाटेर आयो ?

‎एवटा ध्रुब सत्य कुरा के हो ? भन्दा जसरि पृथ्वीनारायण शाह ले यो रास्ट्रको एकीकरण गराउने पहलकदमि को नायक्त्व गरे ।जुन उनले ऎतिहासिक,साहसिक व्यक्तित्व को रुपमा दर्ज गरे त्यसैको उपज हो ।किनकि मुल्यांकन इतिहास को हातमा रहन्छ।इतिहास लाई छोड्ने हो ।
‎ विरोध गर्नु को सिमा रहन्छ । तर न सिमा छ।तपाइहरु सङ्ग न साहस ,हिम्मत बढाउनुस ।अझै लम्कनुस ।तर यि यस्ता तर्क ,कुतर्क ले अहिले उतातिर ठडाएको औला भोलि आफै तिर तेर्सिन्छ ।
‎ नेपालको इतिहास मा १९०३ को कोत पर्व बाट जसरि राना ले शाह बाट जुन शाशन हत्याए । पछि २००७ साल मा १०४ वर्ष को जहानिया राना शाशन को अन्त्य गर्दै ,पुनः नेपाली जन्ताले प्रजातान्त्रिक आन्दोलन गर्दै राजा ल्याएको इतिहास नभुल्नुस ।र त्यहि राजा लाई ०६५ मा विदा गरि गणतन्त्र ल्याएको इतिहास पुन:स्मरण गर्नुस् ।अव फेरि यस्तै र यिनै अवस्था भए ।दलहरु लाई निरुत्साहित गर्दै फेरि जन्ता लाई अर्को खाडल खन्न तयार पार्ने कि आफु शुध्रीने ,र राज्यको भलोमा लाग्ने सायद दलहरु लाई यो अन्तिम समय र मौका हुन सक्छ हो ।

अर्को कुरा हृदयेन्द्र लाई जुम्ला मात्रै होइन।नागरिक भएको हिसाब ले देशको ७७ जिल्लामा घुम्न मात्रै होइन यो मुलुक को चित्रण र मुलुक बनाउने रणनीति र आधार हरु प्रश्नस्त मात्रा मा त्यो अधिकार छ ।
‎ किनकि हाम्रो गणतन्त्र मा काम नगरेर साझ बिहान खान पाउदैन । राज्य लाई समृद्ध बनाउन कोहि नागरिक सङ्ग छ।भने उस्को आइडिया भरपुर राज्य ले लिनुपर्दछ ।

‎विरासतले हैसियत बनाउला, तर त्यसको सही प्रयोग गर्ने चेतनाले व्यक्तित्व र नेतृत्व जन्माउँछ। हृदयेन्द्र शाह अहिले ‘राजसंस्थाको उत्तराधिकारी’ भएर होइन, ‘ युवा पुस्ताको अपेक्षा बोक्ने नागरिक’ भएर अगाडि आइरहेका छन्।
‎जसकारण उनको जुम्ला भ्लगमा विशेष मानिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *