Advertisement
Advertisement
Advertisement

आज साउन २९ गते बिहिवारको राशिफल

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ।
असावधानीले क्षति गराउन सक्छ ।

वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ।

मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ।

कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ।

सिंह – जीवनसाथी वा परिवारजनको साथले उत्साह वृद्धि हुनेछ। पारिवारिक उद्यम वा नयाँ कार्य प्रारम्भका लागि समय अनुकूल छ।

कन्या – आशा तथा योजना क्रमशः फलदायी हुनेछन्। आर्थिक पक्षमा सुधारको संकेत स्पष्ट छ।

तुला – बुद्धि, तर्कशक्ति र कूटनीतिले जटिल परिस्थिति समाधान गर्न मद्दत पुर्‍याउनेछ।

वृश्चिक – दिनको उत्तरार्धमा मनमा मिश्रित भाव रहन सक्छ। मानसिक चञ्चलता तथा अलि तनाव सम्भव छ।

धनु – आहार-विहारमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ। लापरवाहीले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।

मकर – जिद्दि त्यागी विनम्रता अपनाउँदा सम्बन्धमा आत्मियता र सौहार्द वृद्धि हुनेछ।बोल्दा ख्याल गर्नु होला ।

कुम्भ – दीर्घकालदेखि रहेको मानसिक तनाव क्रमशः कम हुँदै जानेछ। राहतको अनुभूति हुनेछ।

मीन – अत्यधिक संवेदनशीलता देखापर्न सक्छ, जसले भावनात्मक चोट पुर्‍याउन सक्छ। सावधानी उपयुक्त छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *