Advertisement
Advertisement
Advertisement

आज भदौ २ गते सोमवारको राशिफल

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

Advertisement

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन राम्रो छ। परिवारबाट खुशी मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुने योग छ।

मिथुन : आजको तपाईंको दिन सामान्य छ। बोल्दा सचेत नभए साथी रुष्ट हुनेछन्।। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। यात्रामा सम्पत्ति खर्च हुनेछ।

कर्कट : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्ला। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले हरेक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। विपक्षी र परिवारले साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ।

तुला : दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम रहन्छ। साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। प्रेममा मनमुटाब बढ्ने खतरा छ। काम गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

धनु : दिन सामान्य छ। आफन्तले असहयोग गर्नेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन राम्रो छ। समाजमा तपाईंको इज्जत बढ्नेछ। मिहिनेत गरेको ठाउँबाट धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने झगडा हुने खतरा छ।

कुम्भ : दिन सामान्य छ। आज यात्रामा ननिस्कनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा रहेक काम सफल बन्नेछन्। प्रेम सम्बन्धमा उतारचढाव आउने छ।

मीन : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनसक्छ। शरीरमा नयाँनयाँ रोग देखिने जोखिम छ। स्वास्थय सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *