Advertisement
Advertisement
Advertisement

आज भदौ ४ गते बुधवारको राशिफल

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -परिवार र सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन–अध्यापन र ज्ञान वृद्धिका लागि समय शुभ छ। तर, कार्य गर्दा हतार नगर्नुहोला ।

Advertisement

वृषभ -गजकेसरी योगको प्रभावले आर्थिक लाभको राम्रो सम्भावना छ। व्यापार–व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछ। महिला सहयोगी वा परिवारका कारण खुशी मिल्ने दिन छ।

मिथुन -मनमा द्विविधा बढ्न सक्छ। खर्च पनि बढी हुन सक्छ। तर, रचनात्मक काममा सफलता पाउनुहुनेछ।

कर्कट -आज तपाईंलाई विशेष लाभको योग छ। रोकिएका काम अघि बढ्नेछन्, घर–परिवारमा उमंग छाउनेछ। सामाजिक मान्यता र सम्मान बढ्ने दिन छ ।

सिंह -आर्थिक व्यवहारमा सजग रहनुपर्ने छ ।अनावश्यक खर्च वा स्वास्थ्यसम्बन्धी चिन्ता आउन सक्छ। आत्मविश्वासलाई कायम राखेमा बाधा कट्नेछ।

कन्या -आकस्मिक लाभको सम्भावना छ। अधूरा काम पूरा हुनेछन्। अध्ययन, लेखन, अनुसन्धान वा रचनात्मक क्षेत्रमा सफल हुनुहुनेछ। नयाँ योजनाले लाभ दिनेछ।

तुला -परिस्थितिअनुसार निर्णय लिन नसक्दा केही काम रोकिइन सक्छ। नजिकका साथी वा आफन्तसँग विवाद हुन सक्छ, त्यसैले धैर्य राख्नुहोस्।

वृश्चिक -व्यस्तता बढ्ने तर स्वास्थ्य कमजोर हुने सम्भावना छ। गोपनीय कुराहरू बाहिरिनसक्ने भएकाले सचेत रहनुहोस्। आज विशेष निर्णयमा ढिलासुस्ती गर्नु राम्रो।

धनु -पुराना कामबाट लाभ मिल्नेछ। नयाँ काम वा प्रस्ताव आउने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। मित्र वा आफन्तबाट उपहार पाउन सक्नुहुन्छ।

मकर -आज उत्साह बढ्नेछ, काममा जोश आउनेछ। प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। तर, अनावश्यक कुरा गर्दा गोपनीयता भंग हुनसक्छ, सचेत रहनुहोस्।

कुम्भ -काममा ढिलाइ वा अड्चन आउने सम्भावना छ। स्वास्थ्य र मानसिक तनाव बढ्न सक्छ। ठूलो लगानी वा निर्णय नगरे उत्तम। धैर्यपूर्वक अघि बढ्नुहोला ।

मीन -हतारमा निर्णय नलिनुहोस्। संचार वा वचनको कारण समस्या आउन सक्छ। गलत साथीसँगको सम्बन्धले असर गर्न सक्छ। संयमता अपनाउन आवश्यक छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *