- चिरञ्जीवी मल्ल,रुकुम पश्चिम ।
आत्म बिस्वाशले भरिएको
तिम्रो कर्णप्रिय बोली
तिमी ढुकढुकी हौ
यो रास्ट्रको
तिमी पथप्रदर्शक हौ
नौजवानको
तिम्रो प्रत्यक बोलीमा
स्पष्टता छ
तिम्रो प्रत्येक आवाजमा
सिंहको गर्जन छ ।।
तिमी केबल गगन हौ
प्रत्येक तारालाइ
न्यानो आश्रय दिने
अनि ,
तिम्रै समीपमा रहने
इन्दुलाइ स्पर्श गर्ने
वा!
साँच्चिकै तिमी
योद्दा हौ प्राजतन्त्रको
तिमी
लोकतन्त्र हौ जनताको
तिमी रखवाली राष्ट्रको
तिमी शीतल मलम हौ
घाउहरुको ।।
तिमी
बुढा बा आमाको
सहारा हौ
तिमी बेचैन मनका
उदागर हौ
तिमी प्रत्येक रातको
उजेली हौ
तिमी प्रत्येक बिहानको
उषा हौ
तिमी प्रत्येक सन्ध्याको
सहानुभुती हौ
तिमी गगन हौ
साँच्चिकै तिमी
हिरा जस्तै गगन हौ ।।
तिम्रा नयनभित्र
विश्वासका धर्साहरु छन
तिम्रा पाखुरामा
भक्ती थापाका
बाहुबली छन
तिम्रो छातीभित्र
बलभद्रको मुटु छ
तिम्रो मस्तिष्कभरी
अमरसिंहको वीरता छ
तिम्रा सपनाभित्र
शहिदको रगत छ
तिमी
यो देशको माटो हौ।
यो राष्ट्रको निर्माण हौ
साँच्चिकै
तिमी गगन हौ
तिमी गगन हौ।।