Advertisement
Advertisement
Advertisement

आज भदौ १५ गते आइतवारको राशिफल

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -कार्य क्षेत्रमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने समय छ। आर्थिक क्षेत्रमा लाभको संकेत देखिन्छ। यात्रामा लाभ हुनेछ, तर हतार नगर्नुहोस्।

Advertisement

वृष -अल्प प्रयासमा राम्रो परिणाम पाइनेछ। धनप्राप्ति हुने समय छ। प्रेममा स्नेह बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, ध्यान दिनुहोस्।

मिथुन -साझेदारीमा लाभ हुनेछ। मान्यजनको सहयोग पाइने समय छ। करियरमा अवसर आउनेछ तर निर्णयमा ढिलाइ नगर्नुहोस्।

कर्कट -नोकरी वा व्यवसायमा सफलता पाइनेछ। वैदेशिक सम्पर्कबाट लाभ मिल्ने संकेत छ। पारिवारिक काममा व्यस्तता बढ्नेछ।

सिंह -सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने समय छ। मिहिनेत गर्दा नयाँ अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

कन्या -स्वास्थ्यप्रति ध्यान दिनुहोस्। वित्तीय व्यवस्थापनमा सतर्क रहनुहोस्। लामो यात्राको योग बनेको छ।

तुला -नयाँ योजनामा हात हाल्ने समय आएको छ। प्रेम र सम्बन्धमा मधुरता बढ्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ।

वृश्चिक -काममा सफलता पाइनेछ। वैदेशिक यात्राको सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु -सकारात्मक सोचले नयाँ काम सफल हुनेछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। अध्ययन अनुसन्धानमा मन जानेछ।

मकर -नोकरी वा व्यापारमा लाभ हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

कुम्भ -सृजनात्मक काममा सफलता पाइनेछ। मित्रताको सम्बन्ध बलियो हुनेछ। आर्थिक लाभको संकेत छ।

मीन -अध्यात्म र धर्मतर्फ आकर्षण बढ्नेछ। यात्रा सफल हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *