Advertisement
Advertisement
Advertisement

आज भदौ १९ गते बिहिवारको राशिफल

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
अध्ययन–अध्यापनमा मन जानेछ। आत्मविश्वास बढ्नेछ। छोटो दूरीको यात्रा सफल हुने देखिन्छ। तर, आर्थिक पक्षमा सतर्क रहनुहोला।
वृष
धनागम बढ्ने संकेत छन्। परिवारमा आत्मीयता र सद्भाव रहला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्यतर्फ ध्यान दिन आवश्यक छ।
मिथुन
नयाँ कार्यको योजना बन्नेछ। भेटघाट र छलफलमा सफलता मिल्नेछ। प्रेमप्रसंगमा मधुरता बढ्ने सम्भावना छ। तर, अनावश्यक वादविवादबाट टाढा रहनुहोस्।
कर्कट
धन खर्च बढ्न सक्छ। मनमा अस्थिरता रहने समय छ। शान्तचित्त भएर काम गर्दा फाइदा मिल्नेछ। आध्यात्मिक कार्यमा आकर्षण बढ्नेछ।
सिंह
मित्रता र सहयोगको वातावरण बन्नेछ। सामाजिक मान्यता बढ्ने सम्भावना छ। नयाँ अवसर पाइने दिन छ। कार्यक्षेत्रमा प्रगति देखिन्छ।
कन्या
पेशागत काममा सफलता मिल्नेछ। उच्च पदस्थ व्यक्तिहरूको सहयोग पाइनेछ। तर, घरपरिवारतर्फ अलि व्यस्तता बढ्न सक्छ। खर्च नियन्त्रित राख्न आवश्यक छ।
तुला
दूरगामी काममा सफलता मिल्नेछ। शिक्षा तथा प्रतियोगितामा राम्रो परिणाम देखिन्छ। यात्राको अवसर बन्न सक्छ। धार्मिक कार्यमा मन जानेछ।
वृश्चिक
अचानक धन लाभको सम्भावना छ। तर, मानसिक चञ्चलता बढ्नेछ। गोप्य कुरा चुहिने डर रहन सक्छ। आत्मनियन्त्रणमा रहनुहोला।
धनु
दाम्पत्य जीवनमा मधुरता रहला। साझेदारीमा काम गर्नेले लाभ पाउनेछन्। समझदारीले अगाडि बढ्दा नयाँ अवसर प्राप्त हुनेछ।
मकर
स्वास्थ्यमा सुधार देखिन्छ। कार्यक्षेत्रमा परिश्रमले सफलता दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर, अत्यधिक बोलचालले समस्या निम्त्याउन सक्छ।
कुम्भ
मनोरञ्जन र प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। नयाँ मित्र बन्न सक्छन्। कला–साहित्यमा रुचि बढ्नेछ। तर, खर्चमा संयम अपनाउनुहोस्।
मीन
परिवारमा आत्मीयता बढ्नेछ। घर–जग्गा वा सम्पत्ति सम्बन्धी लाभ मिल्ने सम्भावना छ। मातापिताको सहयोग पाइनेछ। कार्यक्षेत्रमा प्रगति हुने दिन छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *