Advertisement
Advertisement
Advertisement

अमेरिका निवासी नेपाली कांग्रेसका नेता भण्डारी झुण्डिएको अवस्थामा मृत फेला

Advertisement

अमेरिकाको टेक्सासमा नेपाली कांग्रेसका नेता तथा जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारीले दुई पटक महासमिति सदस्यको जिम्मेवारी समेत सम्हालेका थिए। उनको निधनले नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण प्रवासी नेपाली समाजले ठूलो क्षति बेहोरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले भण्डारी इमानदार, प्रतिबद्ध र संगठनप्रति समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै भने, “मैले व्यक्तिगत रूपमा पनि नजिकको मित्र गुमाउनु परेको छ, जुन निकै पीडादायी छ।”

भण्डारीको असामयिक निधनले टेक्साससहित सम्पूर्ण अमेरिकामा रहेका नेपाली समुदाय शोकाकुल बनेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *