माधवा शर्मा
९८४८०६०७९९
मेष: परिस्थितिहरू सोचेजस्तो अनुकूल नहुन सक्छ। साथीभाइसँग असमझदारी हुन सक्छ। समयमै सतर्क नहुँदा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। सानो भूलले ठूलो प्रभाव पर्न सक्छ।
वृष: प्रयास गर्दा राम्रो अवसर हात पर्ला। साथीभाइको सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुने सम्भावना छ। व्यापारिक क्षेत्र राम्रो रहनेछ।
मिथुन: बोल्ने क्रममा असावधानीले विवाद उत्पन्न हुन सक्छ। निर्णयमा द्विविधा हुन सक्छ। काम पूरा गर्न समयमा लगानी आवश्यक छ।
कर्कट: पारिवारिक जमघट र भेटघाट हुनेछ र रमाइलो समय बित्नेछ। विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ। बौद्धिक कार्यमा प्रशंसा हुनेछ।
सिंह: खर्च बढ्ने चिन्ता छ। चिन्तित हुनुपर्ने विषयहरू आउन सक्छन्। अवसर खोज्ने क्रममा तपाईं मेहनत गर्नु पर्नेछ।
कन्या: आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। पढाइ र काममा प्रगति हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि फाइदा मिल्नेछ। नयाँ काममा अघि बढ्न सकिनेछ।
तुला: मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर हुनेछ। प्रतिष्ठित काममा सफलता मिल्नेछ। सहयोगी मानिसहरू हात सघाउनेछन्।
वृश्चिक: चिताएको काम पूरा नहुन सक्छ। नयाँ काम सुरु गर्ने समय अझै थिएन होला। अस्वस्थताले कामको जिम्मेवारीमा असर पर्नेछ। धार्मिक वा परोपकारी काममा मन लाग्नेछ।
धनु: स्वास्थ्य र काममा कमजोरी महसुस हुन सक्छ। चुनौतिमय कामको सामना गर्नु पर्नेछ। खर्च बढ्न सक्छ, अर्थतन्त्रमा सतर्कता अपनाउनु उत्तम।
मकर: साथीभाइको सहयोग पाइनेछ। आम्दानी र ज्ञान बढ्नेछ। सामाजिक कार्यक्रम तथा भेटघाटले खुशी दिनेछ। प्रेम र मित्रतालाई मजबुत बनाउने समय छ।
कुम्भ: रोकिएका काम बन्न थालेका छन्। मिहिनेतले राम्रो प्रतिफल दिन सक्छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक लगानी र जोखिमको सोच-विचार आवश्यक छ।
मीन: स्वास्थ्यमा कमी महसुस हुन सक्छ। नयाँ काम सुरु गर्नेभन्दा पहिले परिस्थिति हेर्नु राम्रो। धैर्य राखेर काम अघि बढ्दा फाइदा हुन्छ। अपेक्षित नतिजा बीच-बीचमा अलग-अलग हुन सक्छ।