Advertisement
Advertisement
Advertisement

रुकुम पूर्वमा रास्वपाको जिल्ला भेला सम्पन्न, लखन थापा सभापतिमा चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वको जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलाले लखन कुमार थापाको सभापतित्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।

Advertisement

जसको सचिवमा डिल बहादुर खड्का चयन भएका छन्।

भने सदस्यहरूमा रमन खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भूपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, सिर्जना शाही मल्ल, बसन्त कुमार श्रेष्ठ र अञ्चल मल्ल रहेको रास्वपा रुकुम पश्चिमका सभापति इन्जिनियर मान बहादुर शाहीले जानकारि दिनु भयो ।

भेलामा रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठक, सह–महामन्त्री सीएम उपाध्याय, प्रदेश सदस्य महेन्द्र उपाध्याय, रोल्पा जिल्ला सभापति इन्जिनियर रमेश क्षेत्री, अर्घाखाँची जिल्ला सभापति हरि प्रसाद भुसाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

भेलाले जिल्लाभर संगठन सुदृढ पार्दै सदस्य विस्तार र आगामी राजनीतिक गतिविधिहरूलाई तीव्र बनाउने निर्णय गरेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *