Advertisement
Advertisement
Advertisement

डिभाइन मन्टेश्वरीले मनायो १० वर्षे यात्रा, अभिभावकको उत्साहपूर्ण सहभागिता

दाङको तुलसीपुर–६ रजौरास्थित डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेशनल प्याब्सन दाङका सचिव हरि प्रसाद भण्डारी र कोषाध्यक्ष रोमहर्ष शर्माको विशेष उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सुवास न्यौपानेले साना बालबालिकाको शैक्षिक आधार बलियो बनाउन मन्टेश्वरी शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले डिभाइन मन्टेश्वरीले छोटो समयमै अभिभावकको विश्वास जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेले विद्यालयले स्थापना कालदेखि नै बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । बालबालिकाको समग्र विकास—शैक्षिक, नैतिक र सृजनात्मक क्षमताको अभिवृद्धिमा केन्द्रित रहेक उहाले बताउनुभयो । उहाँले आगामी दिनमा अझ प्रभावकारी र प्रविधिमैत्री शिक्षण प्रणाली अवलम्बन गर्दै विद्यालयलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यस्तै , नेशनल प्याब्सन दाङका जिल्ला सचिव हरिप्रसाद भण्डारीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले शिक्षाको गुणस्तर सुधारमा खेलेको भूमिकाको चर्चा गर्दै डिभाइन मन्टेश्वरीको प्रशंसा गर्नुभयो।
कार्यक्रममा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षिका सिमा थापालाई “उत्कृष्ट वर्ष शिक्षक”बाट सम्मान गरिएको थियो।
सो अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न गीतमा आकर्षक नृत्य, गायन तथा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए। बालबालिकाको कला र क्षमता देखेर उपस्थित अभिभावकहरू उत्साहित देखिएका थिए।
विद्यालयकी सञ्चालिका तथा प्रिन्सिपल बिन्दु न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका सुजाता डाँगीले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *