Advertisement
Advertisement
Advertisement

जनउत्थान लघुवित्तद्वारा ठोरीमा सरफ बनाउने तालिम सम्पन्न

Advertisement

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय ठोरी, पर्साको आयोजनामा समूह सदस्यहरूलाई लक्षित गरी एकदिने सरफ बनाउने तालिम सम्पन्न भएको छ।
जनउत्थानको सामूहिक गीतबाट शुभारम्भ गरिएको कार्यक्रम शाखा सञ्चालन अधिकृत रामप्रसाद पौडेलको अध्यक्षता तथा मुना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
तालिममा ५० जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षक समिता विश्वकर्मा र मुना अधिकारीले सरफ बनाउने विधि, आवश्यक सामग्री, बजारको अवस्था, उत्पादनदेखि बजारीकरणसम्मका विषयमा जानकारी गराउनुका साथै प्रयोगात्मक रूपमा सरफ निर्माण गरेर सहभागीहरूलाई सिकाएका थिए।
कार्यक्रममा सहभागीहरूले यस्ता सीपमूलक तालिमबाट नयाँ ज्ञान प्राप्त भएको भन्दै जनउत्थानलाई धन्यवाद व्यक्त गरेका थिए। प्रशिक्षक मुना अधिकारीले तालिमबाट प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न सके राम्रो आम्दानीको सम्भावना रहेको बताउनुभयो।
समापन समारोहमा अध्यक्ष रामप्रसाद पौडेलले संस्थाले प्रदान गर्दै आएका सेवा–सुविधा, सीपमूलक तथा आयआर्जनमूलक तालिम, संस्थाका नीति–नियम तथा कार्यप्रणालीबारे जानकारी गराउँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी सविता पर्जाले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *