Advertisement
Advertisement
Advertisement

कोहलपुरमा ‘अभिदा कलेशन’ होलसेल पसलको भव्य उद्घाटन

Advertisement

कोहलपुर नगरपालिका–११, बाँकेमा सञ्चालनमा आएको दोस्रो शाखाको रुपमा अभिदा कलेशन होलसेल पसलको आज एक औपचारिक कार्यक्रमका बीच भव्य रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर सङ्गीता सुवेदी ज्यु र कोहल्पुर उद्योग वाणिज्य संघका अध्यक्ष सहित अन्य जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ निवासी ६ वर्षीया चर्चित टिकटक स्टार एरिका ओलीले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर सुवेदीले स्थानीय स्तरमा व्यवसाय विस्तार हुनु आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने बताउनुभयो। उहाँले दोस्रो शाखाको रुपमा संचालन व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, बाल प्रतिभा तथा चर्चित टिकटक सर्जक एरिका ओलीले दोस्रो शाखाको रुपमा अभिदा कलेशनको सफल व्यवसायिक यात्राको कामना गर्दै ग्राहकको विश्वास जित्दै अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ व्यवसाय सञ्चालनमा ल्याएकोमा सञ्चालक पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

स्थानीय बजारमा गुणस्तरीय तथा विविध सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अभिदा कलेशनले ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

उद्घाटनसँगै अभिदा कलेशनले आफ्नो व्यवसायिक सेवा औपचारिक रूपमा सुरु गरेको छ। सञ्चालक पक्षले ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *