Advertisement
Advertisement
Advertisement

बाढी प्रभावितको सहयोगार्थ तुलसीपुरमा रक्तदान, २४ जनाले गरे रक्तदान

Advertisement

धादिङ, रसुवा र नुवाकोटमा आएको बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते तथा प्रभावितको सहयोगार्थ तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पतञ्जली योग भुह्यारथान साधना केन्द्रको आयोजनामा भएको कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्। विपद्का कारण घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कार्यालय तुलसीपुरको प्राविधिक सहयोग रहेको थियो।
साधना केन्द्रकी अध्यक्ष जमुना बुढाथोकीले विपद्का बेला पीडितलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो। बाढी–पहिरोमा परी घाइते भएकाहरूको उपचारमा रगत आवश्यक पर्ने भएकाले मानवीय भावनाका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा रक्तदाताहरू तथा आयोजक संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। आयोजकले बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *