Advertisement
Advertisement
Advertisement

तुलसीपुरमा फ्रेन्डसिप कराते च्याम्पियनसिप सम्पन्न

Advertisement

तुलसीपुरस्थित गोरखा सेकेन्डरी स्कुलमा शनिबार विद्यालयस्तरीय ‘फ्रेन्डसिप कराते च्याम्पियनसिप’ सम्पन्न भएको छ। प्रतियोगितामा तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयबाट विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यार्थीमा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, आत्मविश्वास, आत्मरक्षा र आपसी सद्भाव विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न तौल समूहमा विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

गोरखा माविका शैक्षिक संयोजक दुर्गा बहादुर केसीको अध्यक्षता तथा कराते लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक बलराज नेपालीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपालीले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण रहेको बताउँदै करातेले आत्मरक्षा र आत्मबल बढाउन समेत सहयोग पुग्ने बताउनुभयो।

नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य पदमा चौधरीले विद्यालयस्तरमै खेलकुद प्रतियोगिता सञ्चालन हुनु सकारात्मक भएको बताउनुभयो। यस्ता प्रतियोगिताले विद्यालय तहबाटै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रमको सहजीकरण प्रतीक न्यौपानेले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *