Advertisement
Advertisement
Advertisement

बाढी पीडितका लागि मेरिगोल्ड बोर्डिङ द्वारा ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

Advertisement

 मेरिगोल्ड स्काउट ट्रुप र मेरिगोल्ड जुनियर रेडक्रस सर्कलको पहलमा मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूबाट भोटेकोशी बाढीपीडितका लागि ६६ हजार ६ सय ६६ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।
विद्यालय परिवारले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेव रिजालले जानकारी दिनुभयो।
प्रधानाध्यापक रिजालले विपद्का बेला पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताउनुभयो। उहाँले सानो–सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई राहत पुग्ने भएकाले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सहयोग अभियानमा सहभागी गराइएको बताउनुभयो।

मेरिगोल्ड स्काउट ट्रुप र जुनियर रेडक्रस सर्कलको पहलमा सञ्चालन गरिएको अभियानमा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम सहयोग गरेका थिए। संकलित रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा उपयोग हुने विश्वास गरिएको छ।
विद्यालयले आगामी दिनमा पनि विपद् तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोग र सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *